खाेज्नुहाेस

भत्केका नाला बनाउ

Image

अत्तरिया – अत्तरिया बजार क्षेत्रमा फराकिला सडक भएपनि नालाको अवस्था भने नाजुक छ । वर्षौ अघिदेखि भत्किएका नाला मर्मत नहुँदा पानीको निकास समेत हुन सकेको छैन । भताभुङ्ग नालामा जताततै फोहोरको डङ्गुर भरिएको छ । जसले अत्तरिया बजार पुरै कुरूप बनेको छ । जताततै फुटेको नालामा फोहोरको डङ्गुर नाक छोपेर हिँड्नुपर्ने बाध्यता छ भने नालामा पानीको निकास नहुँदा वर्षातमा सडकमा पानी जम्ने गरेको छ ।

नालाको अवस्था नाजुक हुँदा पनि स्थानीय सरकारले राष्ट्रिय राजमार्गमा पर्ने भन्दै संघ मार्फत मर्मत हुने भन्दै पन्छिँदै आएको छ भने संघले बजेट छुट्टाउने भन्दै हरेक वर्ष ठगिरहेको छ । अत्तरियाको पहाड रोड, पूर्व रोड र महेन्द्रनगर रोडमा भत्किएका यी नालाका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । हाल बजार क्षेत्रका अधिकांस नाला ढक्कन बिहिन बनेका छन । जसका कारण नालामा खसेर जतीबेला पनि दुर्घटना हुन सक्ने जोखिम रहेको छ ।

attariya hospital
navjiwan hospital

खुला नालामा जताततै फोहोर फाल्ने गरिएको छ । जसले गर्दा नालामा पानीको निकास झन थुनिएको छ । नालामा पानीको निकास रोकिएपछि केही वर्ष अघि जेसीवीले ढक्कर खोलेर नाली सफा गरिएको थियो । सो क्रममा अधिकासं ढक्कन फुटका थिए । पछि ति ढक्कन निर्माण नगरिदा हाल नाला भताझुङ्ग हुन पुगेका छन ।

सडक डिभिजन कार्यालय महेन्द्रनगर मातहत पर्ने नाला निर्माणको लागि आवश्यक बजेट विनियोजन नहुँदा वर्षौदेखि काम हुन सकेको छैन । अत्तरिया चोकमा पुरानो नालाको डिजाइन चोकदेखि पूर्व र पश्चिम तर्फ पानी बग्ने गरी निर्माण गरिएको छ । तर, चोकदेखि पूर्वतर्फ उँचो भाग भएकाले पानीको निकास हुने गरेको छैन । जसका कारण चोकमा पानी जम्ने समस्या छ । पानी जम्ने समस्याका कारण हाल अत्तरिया चोकको वरिपरि रहेका सर्भिस लेन सडकको कालोपत्रे उप्किसकेको छ ।

त्यस्तैले बजार क्षेत्रको सुन्दरता कायम राख्न र वर्षादमा पानीको निकासका लागि तत्काल नाला निर्माणको काम अगाडि बढाउन आवश्यक छ । नत्र वर्षादको समय नजिकिदै आएकाले समस्या पुनः बल्झिने र यस क्षेत्रका नागरिकले समस्या खेप्ने भएकाले यसमा सरोकारवाला निकायले समयमै ध्यान दिन आवश्यक छ ।

maya metro hospital