डिभाइडर हटाउनु उचित

गोदावरी नगरपालिकाले अत्तरिया मोहना ६ लेन सडकमा राखिएका डिभाईडरहरु हटाउन थालेको छ । सडक किनारामा साना सवारी साधन सञ्चालनका लागि डिजाइन गरेर डिभाइडर राखिएको थियो । तर हाल सो क्षेत्रमा ठुला सवारी साधन पार्किङ गरिँदै आएका थिए । डिभाईडरका कारण सडक साघुँरो देखिने गरेको र दुर्घटनाको जोखिम बढेको स्थानियस्तरबाट गुनासो आएपछि नगरपालिकाले सडक विभागसँगको समन्वयमा डिभाईडरहरु हटाउन थालेको छ ।

maya metro hospital

धनगढी उपमहानगरपालिकाले यसअघि नै आफ्नो क्षेत्रभित्र रहेका डिभाईडरहरु हटाईसकेको छ । आवश्यक नै नभएको ठाउँमा डिभाइडर राखिएकाले दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरी अधिकारीहरूले बताउँदै आएका छन् । डिभाइडर सँगै आवश्यक अन्य पूर्वाधार सडक लाइट, पार्किङ, ट्राफिक लाइट निर्माण नगरिँदा हाल तिनै डिभाइडरका कारण दुर्घटनाको जोखिम बढेको आम बुझाइ छ । पछिल्लो समय डिभाइडरमै ठोक्किएर धेरै दुर्घटना पनि भएकाले यसलाई हटाउन माग गरिँदै आएको छ । ठुलो लगानी गरेर निर्माण गरिएका डिभाइडर हटाउन सडक डिभिजन कार्यालय महेन्द्रनगरले आनाकानी गर्दै आएकोमा यस पटक भने अनुमती दिएको छ ।

संघीय सरकार मातहत रहेको यो सडकमा धनगढीले भने आफै डिभाइडर हटाएकाले यसअघि एउटै सडक दुई मापदण्डको बनेको थियो । जसले गर्दा दुर्घटनाको झन् जोखिम बढेको थियो । एकातिर डिभाइडर राखेर अर्कोतिर नराखिँदा चालक झुक्किने सम्भावना पनि त्यतिकै थियो । गोदावरी नगरपालिका क्षेत्रमा सडक बत्ती समेत नभएकाले रातिको समयमा दुर्घटनाको जोखिम बढी भएकोले यसलाई हटाउन आम जनताको माग अनुसार नगरपालिकाले सडक विभागसँगको समन्वयमा आईतबारबाट उक्त डिभाईडरहरु हटाउन सुरु गरेको हो ।

attariya hospital

उत्तः डिभाईडरहरुलाई व्यवस्थीत गर्ने भन्दै नगरपालिकाले तटबन्धनको काम समेत थालेको छ । जुन आफैमा सह्रानिय छ । एकातिर दुर्घटना बढाईरहेका डिभाईडर हटाईए भने अर्कातिर सोही डिभाईडरहरु नदीको जोखिममा रहेका सडकहरुको सुरक्षा गर्ने काममा लगाईएका छन । नगरपालिकाले खुटिया खोलामा रहेको पुलको सुरक्षा र गोदावरी क्षेत्रका सडकको सुरक्षाका लागि उक्त डिभाईडरहरु प्रयोग गर्ने बताएको छ र सोही अनुसार काम थालिरहेको समेत छ ।

सडकको बिचमा राखेर दुर्घटना बढाईरहेका डिभाईडरहरु हटाउनु एकदमै राम्रो कार्य हो । यसले आगामी दिनमा सडक फराकिलो देखिनुका साथै दुर्घटनाको जोखिम समेत कम हुने विश्वास छ । त्यसैले डिभाईडर हटाउनुलाई नगरपालिकाले उचित निर्णयका रुपमा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.