खाेज्नुहाेस

तातो लहरबाट बचौँ

Image

पछिल्लो केही दिन यता कैलाली लगायतका जिल्लाहरुमा अत्याधिक गर्मी बढेको छ । विगत ४ दिनदेखी कैलालीमा लगातार ४० डिग्री सेल्सीयस भन्दा बढी गर्मी मापन भएको छ । बिहिबार त झन कैलालीमा यसवर्ष कै सबैभन्दा बढी ४४ दशमलव १ डिग्री तापक्रम मापन गरिएको छ । गर्मी बढ्दै गएपछि यहाँको जनजिवन पनि प्रभावित बनेको छ । बिहानैदेखी महसुस हुने अत्याधिक गर्मीका कारण पठनपाठनमा पनि समस्या हुने गरेको छ ।

लगातार ४ दिन भन्दा बढी ४० डिग्री भन्दा माथी तापक्रम भएकाले यो समयलाई जल तथा मौषम विज्ञान विभागले तातो लहरको समय भनेको छ । यो समयमा गर्मीको सबैभन्दा बढी नकारात्मक असरहरु पर्ने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन । हावाको अत्याधिक तातो अवस्थालाई तातो हावाको लहर भन्ने गरिन्छ । यदि कुनै ठाउँमा तापक्रम लामो समयसम्म बढ्दै जान्छ र त्यसको साथमा आर्द्रता पनि वृद्धि हुन्छ भने त्यसलाई तातो लहर भनिन्छ । यसले छोटो समयावधिमा हुने असामान्य ताप वृद्धिलाई बुझाउँछ ।

attariya hospital
navjiwan hospital

तापक्रम बढ्दै गएर जब अधिकतम तापक्रम ४० डिग्री नाघ्छ, त्यो समयावधीलाई तातो लहर भन्ने गरिन्छ । तातो लहरले मानिसको स्वास्थ्यमा एकदमै नराकात्मक प्रभाव पार्ने गर्दछ । लगातार गर्मी भैरहने भएकाले यो समयमा स्वास्थ्यको ख्याल राख्न नसके मानिस बढी विरामी हुन सक्छ । तातो हावाको लहरले मानिसको मृत्यु सम्म हुन सक्छ । छिमेकी मुलुक भारतमा बिहिबार मात्रै ५१ जनाको गर्मीका कारण मृत्यु भएको समाचारहरु आईरहेका छन । त्यहाँ पनि तातो लहरकै कारण मानिसहरुको मृन्यु भएको स्वास्थ्यकर्मीहरुले बताईरहेका छन ।

सुरुमा यसले चिलाउने, साना बिमिरा देखिने हुनसक्छ । यसबाट इन्फेक्सन भयो भने ठूला घाउ, खटिरा पनि बन्न सक्छन । यस्तै खुट्टा सुनिने, रिङटा लाग्ने, रक्तचाप घट्ने र मानिस बेहोस भएर मृत्यु पनि हुन सक्छ । तसर्थ तातो लहरको समयमा स्वास्थ्यको ख्याल राख्न आवश्यक छ । त्यसका लागि सबैभन्दा उत्तम उपाय भनेको शीतल ठाउँमा बस्नु नै हो । त्यसबाहेक प्रशस्त पानी पिउने, घाममा धेरै नहिँड्ने, दिउँसो काम नगर्ने लगायतका कामहरु गर्न आवश्यक छ ।

त्यसबाहेक गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिड्ने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने लगायतका कार्यहरु गर्नुपर्दछ । घाममा जथाभावी जाने काम नगरौ । अहिलेको समय एकदमै संवेदनशिल भएकाले यो समयमा स्वास्थ्यको विषेश ख्याल गरौँ ।