विषादी परीक्षणमा कडाइ गर

आम नागरिकलाई दैनिक जीवनका लागि अति आवश्यक रहने तरकारीमा विषादीको मात्रा बढी भेटिने गरेको छ । पछिल्लो केही समययता तरकारी तथा फलफूलहरूमा विषादीको मात्रा बढी भेटिन थालेको हो । नागरिकहरूले दैनिक जीवनमा अनिवार्य रूपमा उपभोग गर्ने तरकारीजन्य उत्पादनमै विषादी भेटिदा अवश्य नै मानिसको स्वास्थ्य अवस्थामा प्रश्न उठ्छ ।

Karma Consultancy

आम उपभोक्ताहरु अहिले विषादीका कारण जोखिमको जीवन बाँचिरहेका छन् । कतिपयको त विषादीले ज्यानसमेत लिइसकेको छ । त्यसरी प्रयोग गरिने विषादी सम्बन्धमा अझै पनि धेरैलाई थाहा पत्तोसमेत छैन । तरकारीमा किरा लागेको भन्दै पछिल्लो समय विषादीको प्रयोग गर्ने क्रम बढेको छ । लगाइएका तरकारीहरूमा किराले समस्या निम्त्याउने भन्दै किसानहरूले नै विषादीहरूको प्रयोग गर्ने गरेका छन् । त्यति मात्रै हैन छिमेकी राष्ट्र भारतबाट आयात हुने तरकारी तथा फलफूलजन्य वस्तुहरूमा पनि विषादी भेटिने गरेको छ । कृषकहरूले आफूले उत्पादन गरेका वस्तुहरू बचाउनका लागि विषादीहरूको प्रयोग गरिरहेका छन् । तर त्यो विषादीले नागरिकको स्वास्थ्यमा समस्या गर्छ भन्ने कतिपय किसानहरूलाई जानकारी समेत छैन । स्थानीय किसानहरूले फलफूल र तरकारीको सुरक्षाको लागि र बढी उत्पादन हुने आशाका साथ उक्त विषादी प्रयोग गर्ने गरेको पाइन्छ ।

citizen security services

कतिपय किसानहरूलाई विषादीको बारेमा जानकारी नभएको भए पनि प्रायजसो किसानहरूले जानाजान पनि विषादीको प्रयोग गरिरहेको पाइन्छ । कृषि सम्बन्धी राम्रो जानकारी भएको, व्यवसायी रूपमा कृषि कार्य गरिरहेको कृषकले कृषिमा आई पर्ने सम्पूर्ण समस्याहरूको बारेमा जानकारी लिएको हुन्छ । त्यसमा विषादीको बारेमा पनि कृषकहरूलाई अवश्य नै जानकारी हुने गरेको छ । जानकारी हुदाँहुदै पनि बढी उत्पादन हुने र फाइदा हुने लोभमा परि किसानहरूले विषादीको प्रयोग गर्ने गरेका छन् ।

attariya hospital
belauri nagarpalika

विषादी परीक्षणको मात्रामा कमी हुँदा विषादीको बारेमा अझै पनि आम उपभोक्ताले जानकारी पाउँदैनन् । उत्पादन भएर बजारमा आउने तरकारी तथा फलफूलजन्य वस्तुहरूको विषादी परीक्षण हुँदैन । अत्तरियास्थित कृषि हाटबजारमा जाने तरकारी तथा फलफूलको विषादीको भने सोही ठाउँमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा विषादी परीक्षण हुने गरेको छ । त्यसका अलावा कुनै पनि स्थानमा विषादीको प्रयोग हुँदैन । जसका कारण उपभोक्ताहरूले अझै पनि विषादी युक्त तरकारी एवम् फलफूलको सेवन गरिरहेको हुन सक्ने आकलन गर्न सकिन्छ ।

स्थानीय स्तरमा उत्पादन भएका मात्रै नभई भारतबाट आउने तरकारी एवम् फलफूलहरूमा पनि विषादी भेटिने गरेको छ । तर नियमित परीक्षण नहुने भएकाले ती तरकारी एवम् फलफूललाई पनि स्वास्थ्यकर मान्न सकिने अवस्था छैन । सरोकारवाला निकायले आम नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै तरकारी तथा फलफूलजन्य वस्तुहरूमा विषादी परीक्षण गर्ने कार्यलाई अनिवार्य रूपमा लागु गर्ने र भेटिएको खण्डमा आवश्यक कारबाहीको प्रक्रिया अपनाउने कार्य गर्नुपर्दछ । भारतबाट आउने तरकारी एवम् फलफूलजन्य उत्पादनको सिमानाकामा विषादी परीक्षण गर्ने कार्यलाई नियमितता दिन आवश्यक छ भने बजारमा आउने स्थानीय उत्पादनको हकमा विषादी परीक्षण भएको कुनै कागजात अनिवार्य रूपमा ल्याएर आउनुपर्ने नियम बनाउनुपर्दछ ।

हावाको भरमा स्थानीय व्यापारीहरूले कृषकबाट त्यस्ता तरकारी एवम् फलफूलहरू खरिद गरेर उपभोक्तालाई बिक्री गर्दा त्यसले नागरिकहरुमा विषादी सेवनको सम्भावना बढ्न जान्छ । विषादी भएको खण्डमा त्यसले मानिसको स्वास्थ्यमा नराम्रो असर गर्न सक्दछ र जसका कारण मानिसको मृत्यु समेत हुन सक्छ । तसर्थ मानिसको स्वास्थ्य सँग जोडिएको कुरा भएकाले विषादी परीक्षणको कार्यलाई अनिवार्य बनाउन जरुरी छ ।

सम्भवतः तरकारी तथा फलफुलमा विषादी प्रयोग गर्न नपाइने नै नियम बनाउनुपर्दछ । कृषकहरूलाई त्यसको बारेमा जानकारी दिई विषादी प्रयोग गरेको खण्डमा कडा भन्दा कडा कारबाही गरिएमा तरकारी तथा फलफूलमा भेटिने गरेको विषादीको प्रयोगमा नियन्त्रण गर्न सकिन्छ । विषादीको सट्टा अर्गानिक रूपमा बनाइने मलहरूको प्रयोगमा बढावा दिन जरुरी छ । जसले मानिसहरूको स्वास्थ्यलाई पनि स्वस्थ राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.