सीमामा हुने गलत व्यवहार अन्त्य गर

पछिल्लो केही समय यता कैलाली कञ्चनपुरका सीमामा नागरिकहरुले सास्ती पाउदै आएका छन । भारतीय बजारहरुमा किनमेल गर्न जाने र भारतबाट फर्किने नेपालीहरुले दिनहुँ सीमामा समस्या झैल्दै आएका छन । कञ्चनपुरबाट किनमेल गर्नका लागि भारतीय बजार बसही, सम्पूर्णानगर, खजुरिया तथा कैलालीबाट भारतको बनगाउँ, पलिया लगायतका बजारहरुमा जाने गरेका नेपालीहरुलाई लागुऔषध तथा विभिन्न बहानामा फसाउने समेत गरिएको छ ।

maya metro hospital

भारतीय प्रहरी हुँ भन्दै किनमेल गर्न बसही, खजुरिया जाने नेपालीलाई पटक–पटक तपाइसँग लागुऔषध छ भन्ने लगायतका विभिन्न बहाना बनाएर दुःख दिने र फसाएर भारतीय थानामा लगेर रकम माग गर्ने, रकम अशुल्ने, ‘ड्रग्स केशमे चलान कर्दुङ्गा’ भनेर नेपालीहरुलाई दुःख दिने गरेको भन्ने गुनासो नागरिकहरुबाट आउने गरेको भएपनि समाधानतिर भने कसैको ध्यान जान सकेको छैन । बार्गेनिङका लागि गरिने त्यस्ता निच हर्कतका कारण नेपालीहरुले सीमापारीका बजारहरुमा सदैव सास्ती खेप्दै आउनु परिरहेको छ । नेपाली नागरिकहरुमाथी दिनहुँ हुने यस्ता व्यवहारको विरुद्धमा नत सरकार नै बोल्न सकेको छ न त प्रहरी नै ।

केही दिन अघि कञ्चनपुरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले भने उक्त समस्याको समाधानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई भेटघाट गरेका थिए । उनले त्यो समस्या समाधान गर्नतिर प्रहरीको ध्यान आर्कषित गरेको भएपनि उनि बाहेक अन्य कसैले पनि त्यो समस्यामा चासो देखाएका छैनन् । सीमा नाकाहरुमा नागरिकले पाउने पटक पटकको समस्या समाधानका लागि पहलकदमी आवश्यक भएपनि सरकारी निकायबाट त्यसो हुन सकिरहेको अवस्था छैन ।

attariya hospital

उसो त कैलाली कञ्चनपुरमा सीमा विवाद उच्चतम विन्दुमा छ । सीमा विवादको समस्या सुल्झाउन नसकेको सरकारले सीमामा नागरिकहरुले पाउने सास्तीको विषयमा कसरी बोल्न सक्छ ? विगतमा सीमा विवाद कै कारण कतिपय स्थानमा सुदूरपश्चिमेलीहरुले ज्यान समेत गुमाउनुपरेको छ भने कतिपय स्थानमा भारतिय सुरक्षा बल (एसएसबी) को त्रासमा बस्नुपर्ने अवस्था छ । सीमा नजिकका नेपाली नागरिकहरुले सीमा विवादका कारण वर्षेनी दुःख खेप्दै आईरहेका छन । सरकारको लाचारीपनका कारण सीमामा नेपाली नागरिकहरुमाथी हुने हेपाहा प्रवृत्तिको अन्त्य हुन सकेको छैन ।

सीमा विवाद, सिमामा नागरिकले पाउने सास्ती, नेपाली नागरिकलाई विना कारण दुःख दिने प्रवृत्ति हटाउनका लागि सरकारले अब भने ठोस पहलकदमी चाल्न आवश्यक छ । सरकारले सीमा क्षेत्रमा रहेका स्थानियहरुको सुरक्षाको व्यवस्थामा विशेष निगरानी गर्नुपर्दछ ।

सीमाका सवालमा छिमेकी मुलुक सँग भएका सन्धी सम्झौताका आधारमा आफ्नो क्षेत्राधिकार एकिन गरी नागरिकहरुलाई समस्या नहुने किसिमले त्यसको समाधान निकाल्ने काम गरिनुपर्दछ । सीमा विवादकै कारण पटक पटक नागरिकहरुले ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुनु जरुरी छ । त्यसका लागि सरकारले कुटनैतिक रुपमा पहल चाल्न आवश्यक छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.