खाेज्नुहाेस

अनन्या र आदित्यको ब्रेकअप

Image

एजेन्सी- बलिउड अभिनेत्री अनन्या पाण्डे पछिल्लो केही महिनादेखि अभिनेता आदित्य रोय कपुरलाई डेट गरेको खबरले चर्चामा थिइन् । तर पछिल्लो खबरका अनुसार मार्चमा उनीहरूबिच ब्रेकअप भएको छ ।

अनन्या र आदित्य निकट एक साथीले ब्रेक अपको खबर पुष्टि गरेको भन्दै भारतीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । हालै टाइम्स अफ इन्डियाले अनन्या र आदित्यको ब्रेकअप भएको भन्दै दुवैका एक निकट मित्रलाई उद्धृत गर्दै समाचार लेखेको थियो ।

attariya hospital
navjiwan hospital

अनन्या पाण्डेले गत महिना आफ्नो इन्स्टाग्राममा एउटा लामो स्टोरी पोष्ट गरेकी थिइन् । सो पोष्टमा उनले आदित्यसँगको सम्बन्धबारे सङ्केत दिएकी थिइन् ।

‘कुनै चिज तिम्रै लागि बनेको हो भने त्यो फर्केर पक्कै तिमीकहाँ आउनेछ । जान्छ भने ऊ केवल पाठ पढाउन मात्रै आएको हो । यो कुरा हामी आफैँले सिक्ने हो’ पोष्टमा उनले भनेकी थिइन् ।

अनन्या र आदित्य विगत २ वर्षदेखि सम्बन्धमा थिए । दुवैलाई धेरै पटक सँगसँगै देखिएको थियो ।