एजेन्सी- भारतीय कमेडी शो कपिल शर्मा शोकी चर्चित कमेडियन भारती सिंह बिरामी भएकी छिन् ।

पेट दुख्न थालेपछि अस्पताल लगिएकी उनलाई परीक्षणका क्रममा पित्तथैलीमा पत्थरी रहेको पाइयो । उनको शल्यक्रिया गरिएको छ । अहिले उनको अवस्था ठिक रहेको बताइएको छ ।

अस्पतालबाट भारतीले आफ्नो ब्लगमा यसबारे जानकारी दिएकी थिइन् । ‘यस्तो भिडियो सेयर त गर्नुहुँदैन, तर गरिरहेकी छुँ । पेट दुख्न थालेपछि अस्पताल आएको थिएँ शल्यक्रिया गर्नुपर्यो । अहिले म एकदम ठिक छु र म छोरा गोल्लालाई मिस गरिरहेको छुँ,’ भारतीले ब्लगमा भनेकी छिन् ।
