अत्तरिया- बझाङको एक मदिरा र खुद्रा पसलमा आगलागी भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका-९ रैकोसी बस्ने रमेश बोहराको टिन, काठले बनेको मदिरा र खुद्रा पसलमा बिहीवार आगलागी भएको हो ।

अचानक विद्युतको तार सर्ट भई आगलागी हुँदा पसलभित्र रहेका खुद्रा तथा मदिरा लागयतका सामानहरु गरी अन्दाजी २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।














