खाेज्नुहाेस

आगलागीबाट बच्न पुर्वतयारी गरौं

Image

गर्मी समय सुरु भएसँगै आगलागीका घटनाहरुमा वृद्धि हुदै गईरहेका छन । गर्मी मौषम र हावाहुरीका कारण आगलागीका घटनाहरुले तिब्र रुपमा फैलदै गईरहेका छन । आगलागीका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । आगलागी मानविय लापर्वाही सँगै भवितव्य हुने घटना हुन । तापक्रम बढ्दै जादाँ हावाहुरीले पनि आगलागी हुन सहयोग पुग्छ । तराई गर्मी र सुक्खा क्षेत्र भएकाले यहाँ आगलागीका घटना पनि बढी भएको पाइन्छ । आगो आफैँमा संवेदनशील पदार्थ हो ।

हावाहुरीले आगोलाई सहजै एक ठाउँबाट अर्के ठाउँमा पु¥याइदिन्छ । आगो प्रयोग गर्न अनिवार्य भए पनि त्यसको सुरक्षामा विशेष ख्याल गरिएन भने आगोले ठूलो क्षति पु¥याउन बेर लगाउँदैन । आगलागीका घटना हरेक वर्षजसो दोहरिरहेका हुन्छन् । सलाई, लाइटर, सल्काइएको चुरोट र चुल्होको आगो व्यवस्थापन गर्न सकेनौँ भने कुनै पनि बेला आगो लाग्न सक्छ । आगोकै कारण ठूला दुर्घटना निम्तिन सक्छन् । आगलागीकै कारण ठूलो जनधनको क्षति हुन सक्छ । सलाई, लाइटर सुरक्षित नराख्दा बालबालिकाको हातबाट पनि आगलागी भएको पाइन्छ । यस्तै सलाई कोरेर, चुरोट ननिभाइकन जहाँतहीँ फालिँदा पनि आगो फैलिन सक्छ ।

attariya hospital
navjiwan hospital

आगलागीले ठुलो दुर्घटना निम्त्याउन सक्ने भएपनि यसबाट जोगिन खासै तयारी हुने गरेको पाईदैन । आगलागी हुनुपूर्व कुनै त्यस्तो सङ्केत या सूचना नपाइने÷नदेखिने हुने भएकाले पनि पूर्वतयारी गर्न गाह्रो छ । आगलागी के कसरीे हुनसक्छ ? के कसरी जोगिने र नियन्त्रण गर्ने भन्नेबारेमा व्यापक चेतना फैलाउन जरुरी छ ।

विशेषतः आगलागी मौसममा रेडियो, पत्रिका लगायतका सञ्चारमाध्यमबाट सचेतनामूलक सन्देश फैलाउने, गाउँमै पर्चा पम्पलेट टाँस्ने, सडक नाटकलगायतका कार्यक्रम÷अभियान गरेर सचेत पार्नुपर्ने हुन्छ । यस्तै दमकल तयारी अवस्थामा राख्ने, सडक पहुँच सहज बनाउने, हरेक गाउँटोलमा पानीको उचित व्यवस्था गर्नेलगायतका आधारभूत पूर्वतयारी गर्न कञ्जुस्याइँ गर्न हुँदैन ।

स्थानीय प्रशासन, प्रहरी, स्थानीय पालिका, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीजस्ता निकाय र सङ्घसंस्थाबीचको आपसी समन्वय र सहकार्य पनि अत्यन्तै जरुरी छ ।