खाेज्नुहाेस

साइबर अपराधमा बझाङकी रश्मिला पक्राउ

Image
file photo

बझाङ – फेसबुक लाइभमा बसेर चरित्रहत्या गरेको आरोपमा बझाङ घर भएकी रश्मिला धामी काठमाण्डौंबाट पक्राउ परेकी छन् । पीडित साइबर ब्युरो ४८ (नाम परिवर्तन) को जाहेरीमा नेपाल प्रहरीको साइबर ब्युरोले बझाङकी २८ वर्षीया धामीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

navjiwan hospital

यसअघि साइबर अपराधकै मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएकी धामीले सजाय भुक्तान नगर्दै फेरि सोही प्रकृतिको अपराध गरेको पाइएपछि अदालतबाट पक्राउ पुर्जी जारी गरी अनुसन्धानका लागि हिरासतमा लिइएको नेपाल प्रहरी साइवर व्युरोका प्रहरी उपरीक्षक दिपक अवस्थीले बताए ।

attariya hospital

साइबर ब्यूरो २६ को जाहेरीका आधारमा यसअघि मुद्दा चलेकोमा जिल्ला अदालत काठमाडौंले गत फागुन ३० गते रश्मिला धामीलाई साइबर अपराधमा दोषी ठहर गर्दै ७ दिन कैद, ३० हजार जरिवाना र पीडितलाई डेढ लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो । सो फैसलाको पूर्ण पाठ नआउँदै रश्मिला धामीले सामाजिक सञ्जालमार्फत पुनः आपत्तिजनक ढंगले चरित्रहत्या गरेको भिडिओ तथा अन्य प्रमाणसहित जाहेरी परेको थियो ।