
काठमाडौँ- प्रहरीले पक्राउ गरेका राजेशपायल राईसहितका तीनजना कलाकार छुटेका छन् । गएराति मापसे गरी होहल्ला गरेको आरोपमा काठमाडौँको थापागाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
राईले प्रहरीबाट छुटेपछि बानेश्वरमा आफ्नो स्नोकर पुल हाउस रहेको र त्यहाँ उनका साथीहरूले होहल्ला गरेकामा उनीहरूलाई जोगाउन खोज्दा आफू पनि पक्राउ परेको बताए ।


















