अमेरिकामा प्रदर्शन हुँदै ‘उपहार’

काठमाडौँ- रेखा थापा स्टारर ‘उपहार : द जर्नी लाइफ’ले विदेश प्रदर्शन अमेरिकाको कोलोराडो राज्यबाट सुरु गरेको छ । ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्म २५ फागुनबाट नेपालमा प्रदर्शनमा आएको हो ।

maya metro hospital

कार्यकारी निर्माता बलराम शाही ठकुरीले फिल्मको पहिलो शोमा हाउस फुल भएको बताए । त्यहाँ १९ मार्चमा अर्को शो पनि राखिएको छ । ‘उपहार’ नेपालमा भने दोस्रो सातामा प्रदर्शनरत छ ।

citizen security services

अभिनेत्री रेखा थापाको ५ वर्षपछि निर्माण तथा अभिनयमा कमब्याक रहेको फिल्ममा रेखासहित बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल लगायतको अभिनय छ । फिल्ममा उनले सडक व्यवसायीको भूमिका निर्वाह गरेकी छिन् ।

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.