५९औँ जन्मदिन मनाउँदै आमिर

एजेन्सी- भारतीय फिल्ममा ‘मिस्टर पर्फेक्टसनिस्ट’को संज्ञा पाएका अभिनेता आमिर खान बिहीबार ५९औँ जन्मदिन मनाउँदैछन् । ८ वर्षको उमेरबाट अभिनय सुरु गरेका उनले ३० वर्षको फिल्मी करियरमा ४८ फिल्म दिएका छन् । जसमा धेरै हिट छन् ।

maya metro hospital

सन् २०१६ मा रिलिज भएको ‘दंगल’ अझै पनि भारत र हिन्दी भाषामा सबैभन्दा धेरै कमाउनेमध्येको एक फिल्म हो । आमिरका तीन फिल्म भारतका शीर्ष १० को सूचीमा छन्, जुन आफैंमा एक कीर्तिमान हो ।

१४ मार्च १९६५ मा मुम्बईमा जन्मिएका उनी ४ भाइ बहिनीमा सबैभन्दा जेठा हुन् । आमिरले १९७३ मा आएको फिल्म ‘यादोकी बारा’ मा छोटो भूमिका निर्वाह गरेका थिए । १९८८ मा फिल्म ‘कयामत से कयामत तक’ बाट उनले फिल्ममा अभिनयताको डेब्यु गरेका थिए । फिल्म त्यो समय सबैभन्दा हिट भयो । यो फिल्म रिलिजपछि उनी रातारात स्टार भए ।

attariya hospital

आमिर फिल्म निर्माता पनि हुन् । २००१ को फिल्म ‘लगान’ बाट उनले निर्माणमा हात हालेका थिए । फिल्मले बक्स अफिसमा राम्रो कमायो । त्यसपछि ‘तारे जमिन पर’, ‘दंगल’, सिक्रेट सुपरस्टार’, ‘पीपली लाइभ’, ‘जाने तु या जाने ना’, ‘धोबी घाट’ लगायत उनले निर्माण गरे ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.