काठमाडौँ- फिल्म ‘द रेड सुटकेस’ आगामी चैत्र ३० बाट प्रदर्शनमा आउने भएको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्मको निर्माण युनिटले एक पोष्टर सार्वजनिक गरेको छ ।


फिडेल देवकोटा निर्देशित फिल्मको सार्वजनिक फस्ट लुक्समा फिल्मका अभिनेताद्धय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टि श्रेष्ठलाई प्रस्तुत गरिएको छ । यो चलचित्रमा यी तीन कलाकारसँगै प्रविन खतिवडा पनि मुख्य भूमिकामा छन् ।

श्रीलंकामा प्राविधिक काम गरिएको द रेड सुटकेसमा रामकृष्ण पोखरेल, शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् । सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्रलाई समन अलभितिगाले सम्पादन गरेका छन् । फिल्म आरआर फिल्मसबाट रोहित–रत्नले वितरण गर्दैछन् ।
