खाेज्नुहाेस

छायाङ्कनका लागि जनकपुरमा ‘केटी हराएको सूचना’

Image

काठमाडौँ- दीपेन्द्र गौचन निर्देशक रहेको फिल्म ‘केटी हराएको सूचना : मिसिङ’ छायाङ्कनका लागि जनकपुर पुगेको छ ।  बाँकी छायाङ्कन सकाउन जनकपुर पुगेको हो । अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता नाजिर हुसेन मुख्य भूमिकामा रहेको फिल्मको काठमाडौँबाट छायाङ्कन सुरु भएको थियो ।

navjiwan hospital

ट्राइ–सिटी पिक्चसको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा नकिम उद्दिनले निर्माण गर्न लागेका हुन् । उनले यस अगाडि ‘म्यान फ्रम काठमाण्डू’ निर्माण गरेका थिए ।

attariya hospital

फिल्मका निर्माण नियन्त्रक अरुण रेग्मी हुन् । अमर महर्जनको छायाङ्कन रहने यस फिल्ममार्फत नाजिर र सृष्टिले पहिलो पटक जोडीको रूपमा सहकार्य गर्न लागेका हुन् ।