काठमाडौँ- ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको छ । हास्य कलाकार जितु नेपालले आफूले होस्ट गर्दै आएको टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका हुन् ।


पछिल्लो समय शोको तेस्रो सिजन प्रसारण भइरहेको थियो । तेस्रो सिजनसम्म १८४ भाग प्रसारण भएको उनले बताए । चाँडै दुई फिचर फिल्ममा आफू व्यस्त हुने र त्यसपछि नयाँ टेलिभिजन कार्यक्रम ल्याउने सोच बनाएको उनले बताए ।

शोको पहिलो सिजनमा दीपाश्री निरौला, दोस्रो सिजनमा करिश्मा मानन्धर र तेस्रो सिजनमा प्रियंका कार्की अध्यक्ष रहेका थिए ।
