काठमाडौँ- अभिनेत्री नन्दिता केसीले लगनगाँठो कसेकी छन् । उनले शनिवार प्रेमी अरविन्द्र कटवालसँग लगनगाँठो कसेकी हुन् ।

नन्दिता र अरविन्द्रको विवाह समारोह काठमाडौँको एक होटेलमा आयोजना गरिएको हो । विवाह अगाडि बिहीवार केसीको मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीवनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित मेहन्दी सेरोमनीमा अभिनेत्री श्वेता खड्का, रीमा विश्वकर्मा, निर्देशक रेनेशा बान्तवा राई, गायिका रेखा शाहलगायत सेलिब्रेटी, उनका नजिकका आफन्त र रंग पत्रकारको उपस्थिति थियो ।

मुटुरोग विशेषज्ञ समेत रहेका कटवाल अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका छन् । यी दुईबिच ६ महिनाअघि भेट भएको थियो । नन्दिता लामो समयदेखि अमेरिकामा बस्दै आएकी छन् । करिब ३ दर्जन फिल्म अभिनय गरेकी नन्दिताको डेब्यु फिल्म ‘इन्द्रेणी’ थियो ।


















