‘एक्टर’मा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या अनुबन्धित

काठमाडौँ- अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म ‘एक्टर’मा अनुबन्धित भएकी छन् । निर्माण पक्ष र दिव्याका तर्फबाट उनका बुबा दिलीप र आमा मञ्जु रायमाझीबिच फिल्मका लागि कागजी सम्झौता भएको छ ।

maya metro hospital

दिव्या भने अमेरिकामा अध्ययनरत छिन् । उनी केही सातापछि नेपाल आउँदैछिन् । यो फिल्ममा यसअघि प्रदीप खड्का, आना शर्मा र राजबल्लभ कोइराला समेत अनुबन्धित भइसकेका छन् ।

lotus school

फिल्ममा उनको शीर्ष भूमिका रहनेछ । दुई अभिनेत्रीमध्ये आना शर्मा पनि एक हुन् । यो फिल्मलाई राजन भुसालले निर्देशन र थमन भण्डारीले निर्माण गर्दैछन् । ‘पण्डित बाजेको लौरी’पछि अद्धृत फिल्मसको यो दोस्रो प्रोजेक्ट हुनेछ ।

attariya hospital

फिल्मको छायाङ्कन वैशाख पहिलो साताबाट सुरु हुनेछ । फिल्मलाई आगामी वर्षको कात्तिक १५ मा रिलिज गर्ने तयारी छ ।

418281738_919715729642545_8456787271005526430_n

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.