ढकारीमा एम्बुलेन्स खरिदका लागि आर्थिक संकलन अभियान

अत्तरिया – अछामको ढकारी गाउँपालिकामा एम्बुलेन्स खरिद गर्नका लागि अभियान चलाईएको छ । ढकारी गाउँपालिका – ६ मा रहेको ढुंगाचाल्ना स्वास्थ्य चौकीका लागि एम्बुलेन्स खरिद गर्न स्थानियहरुले आर्थिक संकलन अभियान सञ्चालन गरेका हुन ।

maya metro hospital

स्थानिय दिनेश वि.क को संयोजकत्वमा अभियान सञ्चालन गरिएको छ । जसमा देश तथा विदेशबाट सहयोग जुट्ने कार्य भैरहेको बताईएको छ ।

अभियानलाई समर्थन गर्दै अमेरिकाबाट पनि सहयोग प्राप्त भएको संयोजक दिनेश वि.कले बताए । उनका अनुसार सिन्धुपाल्चोक निबासी तथा हाल रोजगारीको सिलसिलामा अमेरिकामा रहेका शिव सिलवालको पहलमा ६७ हजार ५ सय ४८ रुपैया अभियानका लागि प्राप्त भएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.