खाेज्नुहाेस

सडकमा दूध पोखेर विरोध

Image

चितवन – दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पनि लामो समयदेखि पैसा नपाएको विरोधमा आइतबार चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाएका छन् । यसअघि उनीहरूले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र बुझाउँदै किसानको समस्या तत्काल समाधान गर्न माग गरे ।

navjiwan hospital

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको भरतपुरमा रहेको कार्यालयमा भेला भएका किसानहरू नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले समस्या समाधानमा कृषिमन्त्री उदासिन रहेको भन्दै राजीनामा मागे ।

attariya hospital

समस्या सुल्झाउन सरकार संवेदनशील नभएको देखेका कारण ध्यानाकर्षण होस् भनेर बाध्य भएर दुई क्यान अर्थात ८० लिटर दूध सडकमा पोखेर विरोध जनाएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिका अध्यक्ष किशोर बगालेले बताए ।