खाेज्नुहाेस

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

Image
file photo

काठमाडौ- मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। सुन तोलामा रु ७०० ले घटेको छ भने चाँदीको मुल्य भने रु १५ ले बढेको छ ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणमा चाँदीको मूल्य रु पाँच हजार ७१० कायम भएको छ ।

attariya hospital

हिजो मंगलबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।