शूर्पणखा बन्दै रकुल

एजेन्सी- भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार नितेश तिवारीको फिल्म ‘रामायण’मा रकुल प्रीत शूर्पणखाको भूमिकामा देखिने भएकी छिन् । अभिनेत्रीले हालै रावणकी बहिनीको भूमिकाका लागि लुक टेस्ट पनि दिएकी छिन् । निर्माता वा रकुलले भने यसबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन् ।

maya metro hospital

फिल्ममा रणवीर कपूर भगवान रामको भूमिकामा देखिनेछन् । सीताको भूमिका साउथ अभिनेत्री साई पल्लवीले गर्ने खबर थियो । पछि सीताको भूमिकाका लागि जान्हवी कपूरलाई अप्रोच गरिरहेको खबर आएकोमा निर्माताले यो खबरलाई अस्वीकार गरेका छन् । निर्माताले साई पल्लवीलाई यो भूमिकाका लागि फाइनल गरेका छन् ।

joshi vada pasal 2

हनुमानको भूमिकाका लागि सनी देओललाई साइन गरिएको छ भने साउथ अभिनेता यश रावणको भूमिकामा देखिनेछन् । चलचित्रको छायांकन यसै वर्षको अप्रिलबाट सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.