६ वर्षदेखि अलपत्र अत्तरियाको कोल्ड स्टोरको मन्त्री धामीद्धारा अनुगमन

अत्तरिया – कैलालीको अत्तरियामा अलपत्र अवस्थामा रहेको कोल्ड स्टोरको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले अनुगमन गरेका छन । बुधबार उनले फाउन्डेशन तयार भैसकेपश्चात पनि अलपत्र अवस्थामा रहेको कोल्ड स्टोरको अनुगमन गरेका हुन ।

maya metro hospital

कृषि थोक बजार भित्र २०७५ सालमा निर्माण थालिएको थियो । फाउण्डेसन तयार गरिएको भएपनि आवश्यक उपकरण जडान हुन नसक्दा कोल्ड स्टोर संचालनमा आउन सकेको छैन । मन्त्री धामीले कोल्ड स्टोरको अनुगमन गरेर समयमै निर्माण सम्पन्न हुन नसक्नाको कारणबारे ठेकेदार कम्पनिका प्रतिनिधिसँग कुरा गरेका थिए । कुराकानीका क्रममा आफुले चैत मसान्त भित्र सञ्चालनको प्रकृयामा ल्याउने आश्वासन पाएको मन्त्री धामीले बताए । ‘अहिले भरखरै निर्माण कम्पनिको प्रतिनिधि कुरा गरे । उहाँले चैत मसान्तसम्म सक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’ उनले भने ‘सायद लाग्छ यो चैतमा उहाँले काम गर्नुहुन्छ ।’ उनले ठेकेदार कम्पनिका प्रतिनिधिले केही दिन अघि कृषि मन्त्रीसँग पनि कुरा गरेको र त्यहाँ पनि चैत मसान्तसम्म काम गर्ने प्रतिवद्धता व्यक्त गरेका कारण चैतमा काम हुन्छ भन्ने कुरामा आफु विस्वस्त रहेको बताए ।

ठेकेदार कम्पनिका प्रतिनिधिले केही दिन अघि कृषिमन्त्रीज्यूसँग पनि कुरा गर्नुभएको रैछ, उहाँसँग पनि चैतमा सक्छु भन्ने प्रतिवद्धता गर्नुभएको रैछ’ उनले भने ‘आज म सँग पनि सोही प्रतिबद्धता गरेका कारण काम हुने कुरामा म विस्वस्त छु ।’ उक्त प्रतिवद्धता व्यक्तीसँग नभई समग्र सुदूरपश्चिम प्रदेश सरकार र जनताका बिचको प्रतिवद्धता भएकाले सोही प्रतिबद्धता बमोजिम ठेकेदार कम्पनिले काम गर्ने उनको भनाई छ ।

attariya hospital

मन्त्री धामीले टेन्डर प्रकृयामा प्रायजसो समयमै काम नहुने परिपाटी रहेको बताए । उनले कोल्ड स्टोरको निर्माणमा पनि सो समस्या देखिएको बताए । ‘देशभरमै टेन्डरहरु हुने र समयमै निर्माण सम्पन्न नहुने प्रवृत्ति नै विकास भएको छ’ उनले भने ‘यसलाई रोक्ने र खारेज गर्ने तथा यस्ता प्रवृत्तिलाई निरुत्साहीत गर्ने कुरा म बोलिरहेको छु ।’ कोल्ड स्टोर निर्माणका लागि कृषि मन्त्रालय मार्फत अर्थ मन्त्रालयले ५० लाख रुपैया, गोदावरी नगरपालिकाले ४५ लाख रुपैया र कृषि बजार व्यवस्थापन समितिले १० लाख रुपैया लगानी लगाएका थिए । उनिहरुकै लगानीमा कोल्ड स्टोर निर्माण प्रकृया अगाडी बढाईएको थियो ।

तर रकम अपुग भएको भन्दै ठेकेदार कम्पनिले काम अलपत्र छोड्दा हालसम्म पनि उक्त कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन । २०७५ पुषतिर कोल्ड स्टोर निर्माणका लागि १ करोड ५ लाखमा सम्झौता गरिएको बताईएको छ । सम्झौताको ६ महिना भित्र नै बाहिरी संरचना निर्माण भएको भएपनि आवश्यक उपकरण जडानको जिम्मेवारी पाएको ठेकेदार कम्पनिले काम नगर्दा कोल्ड स्टोर हालसम्म पनि अलपत्र अवस्थामा रहेको छ । उक्त क्षेत्रमा साढे ३ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गर्न थालिएको हो । १ करोड २२ लाख लगानी लागिसकेको कोल्डस्टोरमा उपकरण जडान गर्न ४ बर्ष अघि ८२ लाखमा ठेक्का सम्झौता भएको थियो ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.