काठमाडौँ- चर्चित पाकिस्तानी तथा बलिउड गायक आतिफ असलम नेपाल आउने भएका छन् । उनी कन्सर्टका लागि नेपाल आउने भएका हुन् ।

कन्सर्टका लागि ट्यारिस इन्टरटेनमेन्ट र एमजे प्रोडक्सनले उनलाई नेपाल ल्याउन लागेका हुन् भने आगामी चैत ३० गते नेपाली नयाँवर्षको पूर्वसन्ध्यामा उनले काठमाडौँको हायात रिजेन्सीको मैदानमा प्रस्तुति दिनेछन् ।


उनी चैत २९ गते नेपाल आइपुग्ने छन् । आतिफले यसअघि सन् २०१२ मा पनि काठमाडौंको दशरथ रंगशालामा सांगीतिक प्रस्तुति दिएका थिए ।
यो कन्सर्टको टिकट पार्टनरको रुपमा खल्ती डिजिटल वालेट रहेको छ । चैत ३० र वैशाख १ गते हुने कार्यक्रममा नेपाली कलाकारले पनि कन्सर्ट प्रस्तुत गर्नेछन् ।