कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालयलाई भवन हस्तान्तरण गरिएको छ । २०७९÷०८० मा सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत सहरी विकास भवन कार्यालयले अनाथालयको ६ कोठे भवन निर्माणको सम्झौता गरेको थियो ।

२०७९ मङ्सिरमा धनगढीको राना देव कन्ट्रकसन सङ्ग सम्झौता भएको थियो । ०८० असोजमा १ तले ६ कोठे भवनको काम सम्पन्न भएको थियो । ३७ लाख ४७ हजार ४ सयमा भवन निर्माण गरिएको हो ।

सोमबार एक कार्यक्रम बिच अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीलाई भवन हस्तान्तरण सम्झौता पत्र दिइएको हो । भवन हस्तान्तरण पछि अध्यक्ष जोशीले भौतिक पुर्वाधार मन्त्रालयलयलाइ धन्यवाद दिदै अनाथालयमा थुप्रै समस्या रहेकोले सरोकारवाला निकायको ध्यानाकर्षण जनाए ।

‘अनाथालयमा समस्या र चुनौती धेरै छ ,अहिले २५ जना बालक अनाथालयमा छन’ अध्यक्ष जोशिले भने ‘२५ जना बालक मात्रै छन । बालिकाका लागि बस्ने ठाउँ छैन । यसको लागि सरोकारवाला निकायको ध्यानाकर्षण भए सहज हुन्थ्यो ।’
यसैबीच नेकपा एमाले निट प्रेस चौतारी शाखा कंचनपुरले आफ्नो २६ औ स्थापना दिवसको अवसरमा अनाथालयलाइ शैक्षिक र खेलकुद सामाग्री सहयोग गरेको छ ।
स्थापना दिवसको अवसरमा ‘सुशासनका लागि सञ्चार’ बिषयमा पत्रकारहरु बीच अन्तरक्रिया कार्यक्रम गरेको थियो । अन्तरक्रिया कार्यक्रम पछि चौतारी जिल्ला कार्य समितिले अनाथालयमा शैक्षिक र खेलकुद सामाग्री वितरण गरेको जिल्ला अध्यक्ष लक्ष्मण दत्त पन्तले बताए ।