खाेज्नुहाेस

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका

Image
navjiwan hospital

काठमाडौँ- नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।

मेनुकाले हिजो सामाजिक सञ्जालमार्फत् आफू इन्डियन आइडलको प्रतिस्पर्धाबाट बाहिरिएको जानकारी दिँदै आउँदो दिनमा सङ्गीतलाई निरन्तरता दिने बताएकी छिन् । उत्कृष्ट १० प्रतिस्पर्धीभित्र परेकी मेनुकाले भारतीय फिल्म ‘सालार’ मा गीत गाउने मौका पाएकी थिइन् ।

add everest academy
attariya hospital