काठमाडौँ- दक्षिण भारतीय अभिनेता थलापति विजयले राजनीतिमा प्रवेश गरेका छन् । उनले शुक्रबार राजनीतिक दलको घोषणा गरेका हुन् ।

उनको दलको नाम ‘तमिझागा वेत्री कझगम’ (विजयी तमिल संघ) राखिएको छ । ४९ वर्षीय अभिनेता विजयले उनको पार्टीले सन् २०२४ को लोकसभा चुनाव भने नलड्ने बताएका छन् । उनले विज्ञप्तिमार्फत सन् २०२४ को चुनावमा पार्टीले भाग नलिने जनाएका हुन् ।


‘धर्म, जात र जताततै भ्रष्टाचार मात्रै देखिने वर्तमान राजनीतिक वातावरणलाई मध्यनजर गर्दै भ्रष्टाचारमुक्त, प्रगतिशील र धर्मनिरपेक्ष सरकारको लक्ष्य राखेको छु,’ उनले भनेका छन् ।