नयाँ दिल्ली- भारतीय अभिनेत्री एवम् मोडेल पुनम पाण्डेको निधन भएको छ । ३२ वर्षीया पाण्डेको शुक्रबार बिहान निधन भएको हो ।

परिवारजनले उनको इन्स्टाग्राम ह्यान्डलमार्फत निधन भएको जानकारी गराएका हुन् भने पुनमकी म्यानेजरले यो खबरको पुष्टि गरेकी छिन् । म्यानेजर निकिता शर्माका अनुसार उनी पाठेघरको क्यान्सरबाट ग्रसित थिइन् ।

पुनमले सन् २०१३ मा नशा फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । अन्तिम पटक पुनम बलिउड अभिनेत्री कंगना रनौतले होस्ट गरेको रियालिटी शो लक अपको पहिलो सिजनमा देखिएकी थिइन् । उनी सामाजिक सञ्जालमा गर्ने पोस्ट र मोडलिङबाट परिचित थिइन् ।
















