खाेज्नुहाेस

स्कटल्यान्डको आगलागीमा दुई नेपाली दिदीबहिनीको मृत्यु

Image

काठमाडौँ- स्कटल्यान्डको एबरडीन सहरमा सोमवार भएको आगलागीमा परि दुई जना नेपाली दिदीबहिनीको मृत्यु भएको छ ।

navjiwan hospital

ब्ल्याक हिल्टन रोडमा लागेको आगलागीमा शिक्षा सुवेदी र आँचल सुवेदीको ज्यान गएको स्थानीय एबरडीन लाइभले जनाएको छ । अन्दाजी २२ वर्षकी आँचल पेसाले इञ्जिनियर र २४ वर्षकी शिक्षा आईटी अध्ययन गरी पेसामा आबद्ध थिइन् । सुवेदी दिदीबहिनी डा. यज्ञ सुवेदीका छोरीहरु हुन् ।

add everest academy
attariya hospital

डा. सुवेदी पोखरा विश्वविद्यालयका पूर्वप्राध्यापक पनि हुन् । पोखरा घर भएका सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बसोबास गर्दै आएका छन् । ज्यान गुमाएका दिदीबहिनीको आउँदो मङ्गलवार दाहसंस्कार गर्ने तयारी छ ।

आगलागीका बेला धुवाँमा निस्सासिएर उनीहरु बेहोस भएका र पछि मृत घोषणा गरिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको र थप विवरण खुलिनसकेको स्कटल्यान्ड प्रहरीले जनाएको छ ।