खाेज्नुहाेस

मुनव्वर फारुकी बने बिग बोस-१७ का विजेता

Image
navjiwan hospital

एजेन्सी- रियालिटी शो बिग बोसको १७औँ संस्करणको विजेता मुनव्वर फारुकी भएका छन् । अभिनेता सलमान खानले सञ्चालन गर्दै आएको भारतीय टेलिभिजनको सबैभन्दा रोमाञ्चक तथा विवादास्पद यो शोको १७औँ संस्करणको विजेता आइतबार राति घोषणा गरिएको हो ।

विजेता फारुकी स्ट्यान्ड–अप कमेडियन पनि हुन् । फारुकीले शोमा उपाधिका साथै ५० लाख भारतीय रुपैयाँको पुरस्कार राशि पाए । यसका साथै उनले बिग बोस १७ को थीम (दिल, दिमाग र दम) मा आधारित एउटा शानदार ट्रफी तथा एउटा हुन्डाई क्रेटा कार समेत हात परे । यो सिजनको सुरुवात गत १६ अक्टुबरमा भएको थियो ।

attariya hospital