काठमाडौँ- काठमाडौँ र नवलपरासी पश्चिममा दुई जना मृत फेला परेका छन् । काठमाडौंको नागर्जुन नगरपालिका-४ मिलनटोल डेरा बस्ने २५ वर्षीय दिनेश दर्जी मृत फेला परेका हुन् ।

बागलुङ गल्कोट नगरपालिका-११ घर भएका उनी आफ्नै कोठामा आइतबार मृत फेला परेका प्रहरीले बताएको छ । त्यस्तै, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१४ पर्सावाल बस्ने ४१ वर्षीय प्रदिप चौधरी पनि आफ्नै घरको बरन्डामा मृत अवस्थामा फेला परेका छन् ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
















