काठमाडौँ- फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा गरिएको छ । आइतबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा उक्त फिल्म निर्माणको घोषणा गरिएको हो ।

फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ‘प्रधानमन्त्री’को भूमिकामा देखिने भएका छन् । अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्ने फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो ।

एसिड आक्रमणअघिको दृश्यमा रचना गौतम मुस्कान बन्नेछिन् भने एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ । रचनाले यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् ।
२०७६ भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएकी मुस्कानको अनुहार एकतर्फको भाग जलेको छ ।

















