काठमाडौँ- निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’मा सन्नी देओल हनुमानको भूमिकामा देखिने भएका छन् । बलिउड सञ्चारमाध्यमका अनुसार यो फिल्ममा हनुमानको भूमिकामा सन्नी देओल देखिने छन् ।

फिल्ममा रणवीर कपुरको शीर्ष भूमिका रहनेछ भने साई पल्लवी पनि मुख्य भूमिकामा रहनेछिन् । साउथ सुपरस्टार यश रावणको भूमिकामा देखिंदैछन् । कैकेयीको भूमिकामा लारा दत्तलाई छनोट गरिएको छ ।

तीन श्रृंखलामा बन्ने यो फिल्मका प्रत्येक भागको रनटाइम तीन घण्टाको हुने जनाइएको छ । यसको बजेट ५०० करोड भारु भनिएको छ । यसको भीएफएक्समा ओस्कार विजेता कम्पनी डीएनईजीले काम गर्ने जनाइएको छ ।
नितिशले आगामी मार्चबाट ‘रामायण’को छायांकन सुरु गर्ने जनाइएको छ । निर्माताले यसको पहिलो भाग सन् २०२५ मा रिलिज गर्ने योजना बनाएका छन् ।

















