खाेज्नुहाेस

कञ्चनपुरका एक मेडिकल सञ्चालक पक्राउ

Image

अत्तरिया- कञ्चनपुरका एक मेडिकल सञ्चालक पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका-२ बंकमा रहेको कञ्चन क्लिनिक एण्ड फार्मेसीका सञ्चालक देवसिंह धामी पक्राउ परेका हुन् ।

navjiwan hospital

फार्मेसीबाट विभिन्न जोखिमयुक्त औषधीहरू ६ थान बोरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । कृष्णपुर-१ का धामीलाई भीमदत्त नगरपालिका-१२ पक्कीपुलबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।

attariya hospital

प्रवक्ता डाँगीका अनुसार शुक्लाफाँटा र कृष्णपुर नगरपालिका अन्तर्गतका झलारी, वाणी, बंक र कलुवापुरमा रहेका मेडिकलहरू अनाधिकृतरुपमा सञ्चालन भएका भन्दै जनगुनासो आएपछि शुक्रवार इलाका प्रहरी कार्यालय झलारीले उक्त क्षेत्रका नौ वटा मेडिकलमा चेकजाँच गरेको थियो।

चेकजाँचको क्रममा औषधी व्यवस्था विभागको इजाजत पत्रबिना सो फार्मेसी सञ्चालित रहेको पाइएपछि धामी पक्राउ परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।