भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईलाई

काठमाडौँ- भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि इलामका विनोद राईले जितेका छन् । गएराति ललितपुर गोदावरीमा रहेको सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

maya metro hospital

दर्शकले दिएको भोटको आधारमा उनलाई विजेता घोषणा गरिएको हो । विजेता राई कोच मिलन नेवारको समूहबाट प्रतिनिधित्व गर्छन् । विजेता राईले २० लाख रूपैयाँसहित विभिन्न पुरस्कार हात पारेका छन् ।

मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए । पाँचौँ सिजनमा प्रमोद खरेल, राजेश पायल राई, मिलन नेवार र उदय सोताङ कोचको भूमिकामा रहेका थिए ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.