‘आओगे जब तुम ओ साजना…’ का गायक उस्ताद राशिद खानको निधन

एजेन्सी- फिल्म निर्देशक इम्तियाज अलीको फिल्म ‘जब वी मेट’का लागि ‘आओगे जब तुम ओ साजना।।।’ गाएर चर्चित बनेका शास्त्रीय गायक उस्ताद राशिद खानको निधन भएको छ । प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको हिजो कोलकाताको एक अस्पतालमा निधन भएको हो ।

maya metro hospital

भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार खानको ५५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको जन्म उत्तर प्रदेशको बदायूंमा भएको थियो ।

citizen security services

उहले हिन्दी चलचित्र ’जब वी मेट’ को ’आओगे जब तुम।।।’ सहित ’माई नेम इज खान’ को ‘अल्लाह ही रेहम’ जस्ता चर्चित गीत गाएका छन् । उनले ‘इश्क’, ‘मन्टो’, ‘मौसम’, कादम्बरी’ लगायतका चलचित्रका गीतसमेत गाएका छन् ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.