धनगढी – कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा मानसिक रोग ओपिडी सेवा सुरु भएको छ ।


यसअघि मानसिक रोग विशेषज्ञ चिकित्सक नहुँदा रोकिएको सेवा आज (मंगलबार) देखि सुरु भएको हो ।
अस्पताल प्रशासनले छात्रवृत्ति करार अन्तरगत मानसिक रोग विशेषज्ञ चिकित्सक हाजिर भएकाले मानसिक रोग ओपिडी सेवा नियमित भएको जनाएको छ ।



















