कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । सोमबार कृष्णपुर नगरपालिका–५ गजरौलामा करेन्ट लागेर २२ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको हो ।

आफ्नै घरमा लुगा सुकाउने क्रममा विद्युत्को तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।


















