खाेज्नुहाेस

कञ्चनपुरमा कटुवा पेस्तोल सहित ४ जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले कटुवा पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका – १८ स्थित सालघारीबाट कटुवा पेस्तोल सहित ४ जनालाई पक्राउ गरेको हो ।

navjiwan hospital

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका – १ का २० वर्षीय पारस रोकाया, कञ्चनपुरको बेल्डाडी गाउँपालिका – ३ का १८ वर्षीय विपिन सिंह, सोही ठाउँका २० वर्षीय नितेश सिंह र कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ का २० वर्षीय राजेन्द्र सिंह गोयला रहेका छन् ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतका अनुसार चारै जनालाई शङ्का लागि सोधपुछ तथा चेकजाँच गर्दा मोबाइलमा कटुवा पेस्तोल सहितको फोटो/भिडियो देखिएपछि थप अनुसन्धान गर्दा विपिन सिंह बस्दै आएको भीमदत्त नगरपालिका – १८ स्थित मामा भान्जा चोकमा रहेको डेरा कोठामा कटुवा पेस्तोल फेला परेको थियो । उनले चारै जनालाई नियन्त्रणमा लिई छानबिन गरिरहेको बताए ।