कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने युवक पक्राउ

अत्तरिया- कञ्चनपुरमा मोटरसाइकल चोरी गर्ने युवक पक्राउ परेका छन् । जिल्लाको बेल्डाँडी गाउँपालिका-१ सिद्धचोकका २१ वर्षीय प्रशान्त सिंह धामी पक्राउ परेका हुन् ।

maya metro hospital

उनलाई चोरी भएको से ५ प ६३९७ नम्बरको मोटरसाइकलसहित आइतबार पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ ।

प्रहरीका अनुसार यही पुष १९ गते बेलडाँडी-२ स्थित साना किसान कृषि सहकारी संस्था अगाडि पार्किङ गरी राखेको बेलडाँडी-३ सिमलडाँडीका खुसीराम चौधरीको मोटरसाइकल चोरी भएको थियो । सो मोटरसाइकलसहित धामी हिजो पक्राउ परेका हुन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.