खाेज्नुहाेस

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

Image

डडेलधुरा – करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ । यातायात व्यवस्था कार्यालयको आफ्नो ट्रायल सेन्टर नभएकाले लाइसेन्स सेवा पनि बन्द भएको हो । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय डडेलधुराले एक निजी ड्राइभिङ सेन्टरसँग सम्झौता गरेर लाइसेन्स सेवा दिँदै आएको थियो तर बिहीबार मात्रै सो सम्झौता खारेज गरिएपछि यो सेवा बन्द भएको हो ।

navjiwan hospital

यातायात व्यवस्था कार्यालय डडेलधुराले एक सूचना जारी गर्दै उग्रतारा ड्राइभिङ सेन्टरसँग भएको सम्झौता खारेज गरेको जनाएको छ । कार्यालय प्रमुख विष्णुदत्त भट्टका अनुसार २०७९ असारदेखि सो ड्राइभिङ सेन्टरसँगको सम्झौता अनुसार ड्राइभिङ सेन्टरको ट्रायल सेन्टर प्रयोग गर्दै सवारीचालक अनुमतिपत्र सेवा दिइँदै आएको थियो तर पछिल्ला दिनमा सेवाग्राहीबाट सवारीसाधन प्रयोग गरेबापत अनावश्यक शुल्क लिएको भन्दै व्यापक जनगुनासो आएपछि सम्झौता तोड्ने निर्णय गरिएको हो । कार्यालयले यसअघि पनि सम्बन्धित संस्थालाई बढी शुल्क नलिन पटक पटक मौखिक रूपमा आग्रह गरेको उनको भनाइ छ ।

attariya hospital

उक्त निर्देशनको बेवास्ता गर्दै मनोमानी ढङ्गले शुल्क असुली जारी राखेपछि वैशाख ३ गतेको निर्णय अनुसार सम्झौता खारेज गरिएको कार्यालय प्रमुख भट्टले जानकारी दिए ।