खाेज्नुहाेस

अत्तरियामा पुस्तकालय व्यवस्थापन तालिम सुरु

Image

अत्तरिया – कैलालीको अत्तरियामा आधारभूत पुस्तकालय व्यवस्थापन तालिम सुरु भएको छ । नेपाल सामुदायिक पुस्तकालय संघको संयोजनमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र केसर पुस्तकालयको सहकार्य तथा गोदावरी नगरपालिकाको सहयोगमा शनिवार देखि ५ दिने तालिम सुरु भएको हो ।

navjiwan hospital

तालिम अन्तर्गत पुस्तकालय सञ्चालन विधि, पुस्तक व्यवस्थापन, पाठकमुखी पुस्तक छनोट लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ । यसैबिच सोही अवसरमा ‘प्रतिभा मुख पत्र’ को छैटौँ अङ्क विमोचन गरिएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको प्रमुख आतिथ्यमा प्रतिभा मुख पत्रको विमोचन गरिएको हो ।

attariya hospital

प्रतिभा पुस्तकालयका अध्यक्ष भूपेश जोशीले अध्यक्षतामा भएको कार्यक्रममा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नरेन्द्र ऐर, नगर प्रवक्ता गोपाल दत्त भट्ट, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला तथा नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्र प्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव धर्मसिंह कुँवरले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष नरेन्द्रराज शर्माले राखेका थिए ।