बेलौरी – बेलौरीका शिक्षक एक सामुदायिक वनमा मृत भेटिएका छन् । आइतबार दिउसो बेलौरी नगरपालिका ४ बस्ने अन्दाजी ५१ वर्षीय बिमल चन्द मृत भेटिएका हुन ।

चन्द शुक्लाफाँटा नगरपालिका ११ स्थित कृष्ण सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा प्रहरीले अहिले मुचुल्का तयार पार्दै शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पताल लग्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । चन्द बेलौरी स्थित महाकाली माविमा डेढ दशकदेखि फिजिक्स (साइन्स) अध्यापन गराउँदै आइरहेका थिए । उनको मृत्युको खबरले बेलौरी शोकमा डुबेको छ ।














