कञ्चनपुर – कञ्चनपुरबाट जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा लालझाडी गाउँपालिका – ४ बस्ने ३२ वर्षीय राज कुमार राना पक्राउ परेका हुन ।

महिलाले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा शुक्रबार रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको थियो ।
















