बिहे गर्दैछन् रश्मिका र विजय देवरकोन्डा !

एजेन्सी- दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दनाले बिहे गर्न लागेको खबर सार्वजनिक भएको छ । उनीहरु बेहुला–बेहुली भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

maya metro hospital

यी दुवै गीता गोविन्दम फिल्मको सुटिङको बेला नजिकिएका थिए । यो फिल्मपछि विजय र रश्मिका डियर कमरेडमा देखिएका थिए । लामो समयदेखि यी दुईले एक अर्कालाई डेट गरिरहेको खबर आइरहेको छ ।

केही समयअघि दुवै मल्दिभ्समा छुट्टी मनाउन गएको खबर पनि आएको थियो । सञ्चार माध्महरुले सूत्रलाई उद्धृत गर्दै छापेको समाचारअनुसार फेब्रुअरीको दोस्रो हप्तामा दुवैले मगनी गर्दैछन् ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.