सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी अन्तिम चरणमा

अत्तरिया – कैलालीको अत्तरियामा यही पुष २६ गतेदेखी सञ्चालन हुने सुदूरपश्चिम प्रादेशीक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा यही माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पुर्ण तयारीहरु अन्तिम चरणमा पुगेको हो ।

maya metro hospital

महोत्सवमा आउने कलाकारहरुको नाम, महोत्सव स्थल निर्माण लगायतको कार्य अन्तिम चरणमा पुगेको संघका अध्यक्ष कल्याण सिँह बोहराले बताए । उनले विगतका वर्षहरु भन्दा केही फरक बनाउने गरी महोत्सवको तयारी भैरहेको बताए । उनले महोत्सव स्थलको निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न भैसकेको जानकारी दिए ।

attariya hospital

संघका महासचिव शंकर खड्काले महोत्सवमा आउने कलाकारहरुको नाम पनि करिब करिब फाईनल भैसकेको बताए । उनले महोत्सवमा स्थानिय कलाकारहरुलाई बढी प्राथमिकता दिईएको बताए । ‘विगतका वर्षहरु भन्दा यस वर्ष स्थानिय कलाकारहरु बढी समावेश गरेका छौ’ उनले भने ‘केही नाम चलेका स्थानिय कलाकारहरुसँग कुराकानी भैरहेको छ भने केहीको समय नमिल्दा समावेश गर्न सकिएन ।’

उनले विगतको तुलनामा महोत्सवको स्टल बुकिङ्ग पनि राम्रो भएको बताए । शनिबार सम्म महोत्सवका १५० वटा स्टलहरु मध्ये करिब १३० वटा स्टलहरु बुकिङ्ग भैसकेका महासचिव खड्काको भनाई छ । थारु गाउँ, होटल लगायतका स्टलहरु बुकिङ्ग भैसकेको र केही अन्य व्यापारीक स्टलहरु मात्रै बाकी रहेको उनले बताए । महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य विर बहादुर बलायरले गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.