डडेल्धुरा – डडेल्धुरा अस्पतालमा सीटी स्क्यान सेवा बन्द भएको छ । मेडिकल सञ्चालनको तयारीमा रहेको डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावमा सीटी स्क्यान सेवा बन्द भएको हो । रेडियोलोजिष्टको अभावमा तीन महिना यता सीटी स्क्यान सेवा बन्द रहेको अस्पतालका निमित्त मेसु डा. सन्तोष गुप्ताले बताए ।
अस्पतालका रेडियोलोष्टि सरुवा भएर गएदेखि सीटी स्क्यान सेवा बन्द भएको उनले बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्ष पहिले छात्रवृत्तिबाट अध्ययन गरेका रेडियोलोजिष्टलाई करारमा डडेल्धुरा अस्पताल पठाएको थियो ।

















