आमा बन्दै अभिनेत्री दीपिका

काठमाडौँ- अभिनेत्री दीपिका प्रसाईँ आमा बन्ने भएकी छिन् । फिल्म निर्देशक तथा दीपिकाका पति दिवाकर भट्टराईले आफूहरु आमाबुबा बन्न लागेको खबर सार्वजनिक गरेका हुन् ।

maya metro hospital

अंग्रेजी नयाँ वर्षको शुभकामना दिंदै दिवाकरले सन्तान प्राप्त गर्न लागेको उल्लेख गरेका छन् भने दीपिकाले पनि आफूहरु अभिभावक बन्न लागेको उल्लेख गरेकी छिन् । दीपिकाको प्रेगनेन्सी फोटो पनि सार्वजनिक गरिएको छ ।

दिवाकरले लेखेका छन्, ‘तिम्रो अनि मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया ! तिमी आमा बन्दैछौ अनि म बाबा । अनि म कति खुसी छु तिमीलाई कति धेरै माया गर्छु यो अनुभूति भन्नलाई यो शब्द अरु अपुरो छ मलाई थाहा छ तिमीले बुझेको छौ यो हाम्रो जीवनको अनि प्रेमको सुन्दर यात्रा हो माया । जीवनभर तिमीसँगै यसैगरी हिंड्न पाइराखौं यही एउटा चाहना छ । ह्याप्पी न्यु इयर ।’

attariya hospital

दिवाकर र दीपिकाले ४ वर्षअघि विवाह गरेका थिए । केही वर्षको प्रेम सम्बन्धपछि विवाह गरेका यी दुई पछिल्लो समय ‘मायावी’ फिल्मको काममा व्यस्त छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.