खाेज्नुहाेस

‘राजमहल’बाट फिल्ममा डेब्यु गर्दै टिकटकर मिस पवि

Image

काठमाडौँ- टिकटकबाट चम्किएकी मोडल मिस पवि (पवित्रा शाँकी) फिल्ममा डेब्यु गर्दै छिन् । सविनकुमार तोलांगीको फिल्म ‘राजमहल’बाट उनले डेब्यु गर्न लागेकी हुन् ।

navjiwan hospital

उनीसँगै अर्की टिकटकर सिम्रन पन्तले पनि सोही फिल्ममा डेब्यु गर्दै छिन् । फिल्मको घोषणा गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मिस पवि र सिम्रनले टिकटकलाई धन्यवाद दिँदै फिल्ममा काम गर्न लागेको जानकारी दिएका हुन् ।

attariya hospital

दरबारको कथावस्तुमा बन्न लागेको फिल्ममा सलोन बस्नेत, आँचल शर्मा, रमेश उप्रेती लगायतको अभिनय रहने जनाइएको छ ।