खाेज्नुहाेस

गेटा विश्वविद्यालय चाडो सञ्चालन गर

Image

गेटामा विश्वविद्यालय स्थापनाका लागि भवन बनिसकेका छन । विश्वविद्यालयका भवन निर्माण भएको २ वर्ष वितिसकेको छ । भवन निर्माण भएको लामो समय वितिसक्दा समेत विश्वविद्यालय सञ्चालनमा आउन सकेको छैन । जसका कारण ति भवनहरु जिर्ण बन्न थालेका छन । कैलालीको गेटामा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बन्ने स्थानियको आशा विलय हुने अवस्थामा पुगिसकेको छ ।

सुदूरपश्चिमको स्वास्थ्य र चिकित्सक शिक्षा क्षेत्रमा ठूलो फड्को मार्ने योजनाको रुपमा लिइएको भएपनि निर्माण भएका भवन प्रयोगमा नआउदा विश्वविद्यालय बन्दैनकी भन्ने आशंका स्थानियहरुले गर्न थालेका छन ।

attariya hospital
navjiwan hospital

अस्पताल पूर्वाधार समितिका अनुसार अस्पतालको प्रशासनिक भवन २०७६ साल चैत्र महिनामै निर्माण सम्पन्न भएको थियो । अस्पतालको कलेज भवन, ३ सय शैय्याको अस्पताल भवन, हस्पिटल भवन लगायतका भौतिक संरचनाहरु निर्माण सम्पन्न भएर हस्तान्तरण भैसकेका छन । अस्पताल र चिकित्सा शिक्षा सञ्चालन गर्नको लागि आवश्यक मुख्य भवनहरू २ वर्ष अघि नै निर्माण सम्पन्न भइसकेका भएपनि हालसम्म पनि सञ्चालनमा भने आउन सकेका छैनन् ।

भवन चाडो सञ्चालनमा नआउँदा मर्मतका लागि पैसा छुट्याउनुपर्ने स्थिति आउन थालेको यहाँका सरोकारवालाहरुले बताउन थालेका छन । सरकारको ढिलाईका कारण गेटामा निर्मित भवनहरु उजाड बन्न थालेका हुन । सरकारले तत्काल गेटा अस्पतालको नाम दिएर अस्पताल सञ्चालन गरिरहेको छ । त्यो अस्पतालले भने आवश्यकता अनुसारका कर्मचारी तथा औजार उपकरणहरु पाउन सकेको छैन ।

सरकारले गत वर्ष माघ २९ गते गेटालाई विश्वविद्यालय बनाउने कुरा मन्त्रिपरिषद्बाट निर्णय गरिसकेको छ । तर निर्णय गरेको करिब १ वर्ष पुग्नै लाग्दा पनि प्रकृयामा भने ढिलाई भैरहेको छ ।

गेटामा नेपालमै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय बनिरहेको छ । यसको व्यवस्थापकीय पक्षमा सरकारले तदारुकता देखाउन जरुरी छ । यसका लागि आवश्यक पर्ने सम्पुर्ण कुराहरुको जोहो गर्नमा सरकारले ढिलाई कदापी गर्नुहुदैन । अर्बाै लगानी लगाएर बनाईएका संरचनाहरु हाल भैँसी गोठ जस्तै बनेका छन । त्यसैले गेटामा चाडो भन्दा चाडो विश्वविद्यालयका लागि पहलकदमी थालिनुपर्दछ ।